काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए ।
उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । तर राप्रपाका कार्यकर्ताहरु भने बानेश्वर क्षेत्रमा प्रदर्शनमा रहेका छन् ।










