चितवन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने विश्वास व्यक्त गरेका छन् ।
तरुण दल भरतपुर महानगर समितिद्वारा मंगलवार चितवनमा आयोजित पुर्णकालिन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले दलको पाँचौ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताए । विभिन्न दलहरु अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै सतर्क अवस्थामा रहन तरुणहरुलाई निर्देशन दिँदै अध्यक्ष गुरुङले पूर्वराजा ज्ञानेन्द्र आफै निक्लेको नभई राजनितिक दलहरु एकढिक्का भएर निकालिएको दाबी गरे ।
उनले वर्तमान संघीय गणतन्त्रको संसद छिरेर सपथ खाएर तलव भत्ता खाने अनि यो व्यवस्था मान्दैनौ भनेर बुकुर्सी मार्ने राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीलाई सांसद पदबाट राजिनामा दिएर सडकमा जान सुझाव दिए ।
जिल्लाको हरेक तहमा नव उर्जावान तरुणहरुसम्म पुर्णकालिन फाराम भरी केन्द्रमा पठाउन अध्यक्ष गुरुङले निर्देशन दिए । अध्यक्ष विद्वान गुरुङले नजिकिदै गएको स्ववियु चुनावमा नेविसंघको उम्मेद्वारलाई जिताउन तरुणहरुलाई भुमिका खेल्न निर्देशन दिँदै वीरेन्द्र बहुमुखी क्याम्पसको नेविसंघको स्ववियु सभापती उम्मेद्वार सफल गुरुङलाई अध्यक्ष गुरुङले खादा ओढाएर जितको शुभकामना दिए ।
कार्यक्रममा भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणालाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले पुर्णकालिन फाराम हस्तान्तरण गरे । कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य निर्मल पौडेल, घनश्याम पौडेल (श्याम), दिपक अधिकारी, सरिन घिमिरेको उपस्थिति रहेको थियो ।











