चितवन । भरतपुर महानगरपालिका–१९ बिक्रम चोकमा बा १९ च ८००३ नं. कारले मंगलबार बिहान ठक्कर दिँदा एकजना पैदल यात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ८१ वर्षीय खडकराज गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङको टाउको र अनुहारमा चोट लागेकोले नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।ठक्कर दिने कार र कार चालक भरतपुर–७ बस्ने बर्ष ३९ को देवेन्द्र पौडेल प्रहरी नियन्त्रणमा छन्।












