काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।
पार्टी ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्ने जोड दिए।
मानव अधिकार आयोगको प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आबद्ध संघ, संस्थाहरुको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरुले सफाईका लागि आवश्यक कदम चाल्न ढिलो गर्न नहुने अध्यक्ष लिङदेनको भनाई छ । उनले सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने बताए।












