चितवन । भरतपुर महानगरपालिका-४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गैरे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् ।
१४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल, गार्डेन, रेष्टुरेण्ट एण्ड बार, यथेष्ट पार्किङ्ग सुविधा, विवाह मण्डप मन्दिर सहितका संरचना छन । विहे, पार्टी, संघसंस्था, जन्मदिनका कार्यक्रमलाई लक्षित गरी पार्टी प्यालेस तथा रेष्टुरेट सञ्चालनमा ल्याईएको सञ्चालक सापकोटाले जानकारी दिए ।
विदेशबाट डेढ दशकभन्दा बढी समय सीप सिकेर आएका दक्ष कुक, वेटर्स, कर्मचारीहरु रहेको पार्टी प्यालेसमा बिहे, पार्टीका लागि आवश्यक सम्पूर्ण सुविधा रहेको सापकोटाले बताए ।
’हामीकहांँ दक्ष सीप भएका कुक कर्मचारी तथा व्यवस्थापक छन, सापकोटाले भने, कुनैपनि कार्यक्रम तथा बिहे,पार्टी गर्दा सम्पूर्ण सेवा दिन हामी तयार छौं ।’
प्यालेसमा आकर्षक गोलघर छन जसले कुनैपनि व्यक्तिको मन लोभ्याउने गर्छ । जापानको स्काई विल्डिङ्गको अवधारणमा गोल घर निर्माण गरिएको उनले बताए । बिदेशको सीप र कमाइलार्ई नेपालमै लगानी गर्ने उद्धेश्यले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा लगानी गरिएको उनको भनाई छ । जापानमा १५० वटा रेष्टुरेण्टका मालिक ‘लाला‘ भनेर चिनिने सापकोटाको गैंडाकोटमा करोडौंको ताजमहल एभरेष्ट होटल तथा रेष्टुरेण्ट पनि सञ्चालनमा छ ।
‘स्वदेशमै लगानी र रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित मैले यहांँ लगानी गरेका हौं, सापकोटाले भने, हाल पुरानो व्यवस्थापनलाई परिवर्तन गरी नयांँ संरचना र सुविधा सहित सञ्चालनमा ल्याईएको हो ।’ चौतारी पार्टी प्यालेसले बिहे, कार्यक्रम तथा घुम्नको ग्राहकलाई लागि विभिन्न प्रकारका जीप कार भ्यान, माईक्रो बस लगायतको सुविधा सम्म थपिएको उनले बताए ।
यहाँ सञ्चालित रेष्टुरेण्टमा तन्दुरी ढावा, नेपाली, चाईनिज, इन्डियन कन्टिनेन्टल सहित सबै प्रकारका खाना तथा परिकार पाईने अर्का सञ्चालक नमराज गैह्रले जानकारी दिए । भरतपुर तथा नारायणगढका ग्राहक तथा सेवाग्राहीलाई लक्षित गर्दै नयांँ व्यवस्थापन सहित पार्टी प्यालेस सञ्चालनमा ल्याईएको ग्रैहेले बताए । ‘यहांँ वरिपरि, यत्तिको स्पेस र सुविधाको पार्टी प्यालेस अरु छैन , सञ्चालक गैह्रेले भने, यहांँ आएपछि ग्राहकको आवश्यकता अनुसारको सेवा हुनेछ ।’
प्यालेसमा बिहेको सिजनलाई लक्षित गर्दै सबै प्रकारको सेवा दिईएको उनले बताए । ‘यहांँ बिहे गर्न आउंँदा सामान्य कपडा र गहना बाहेक हामीकहांँ अरु झन्झटनै हुंँदैन’ गैह्रेले भने । पार्टी प्यालेस तथा रेष्टुरेण्टमा गरी हाल २२ जनालाई रोजगारी दिईएको अर्का सञ्चालक मोतीलाल सापकोटाले बताए ।
यो प्यालेसले आगामी दिनमा आवास सहितको सुविधा पनि थप्ने योजना रहेको उनको भनाई छ । पार्टी प्यालेसमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुंँदै आएको समेत उनले बताए ।











