चितवन । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भई ओएसआर डिजिटल युट्युब च्यानलबाट रीलिज भएको छ।
रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको विमोचन भएको थियो।
मारवाडी भाषामा गीत कविता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारको दर्जनौ गीतहरु रेकर्डिङ भै स्रोता दर्शकको माझ आइसकेका छन् ।
गायक निरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ। कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले बिमोचन भएको गीतको बारेमा चर्चा परिचर्चा गरे भने गायिका पबित्रा ओली र यसै गीतका गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार टंक विकल्प, माधव पौडेल, ओम प्रकाश भट्टराई, गायक उमेश पाण्डे, प्रदीप महतो, निमेष शिवाकोटी लगायतको उपस्थिति रहेको थियो भने गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम संचालन गरेका थिए ।











