चितवन । कालिका नगरपालिका–९ शक्तिखोरस्थित कयरखोलाको बाँधमा पौडी खेल्ने क्रममा आज एक युवकको मृत्यु भएको छ ।
आज दिउँसो करिब २ः१५ बजेको समयमा पौडी खेल्ने क्रममा स्थानीय सिताराम श्रेष्ठको १६ वर्षीय छोरा मनिष श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।










