आज २०७९ साल मंसिर १८ गते आइतवार, तदनुसार सन् २०२२ डिसेम्बर ४ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा समस्या सुधार हुनेछ । मनमा अनेक सोच र चिन्ता हट्दै जानेछ । यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट पनि हटने छ । आर्थिक लाभ हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ कामका अघि बढ्नु राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन फलदायी हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) तपाईको लागि आज अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज तपाईको सोच अनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । लामो दुरीको यात्रा नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । आजको दिन तपाईले गर्ने काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।













