काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको सिंहको सचिवालयले जनाएको छ।
सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ। उनीहरूबीच के–कस्तो कुराकानी भएको खुलेको छैन । केपी ओली झपा क्षेत्र नम्बर ५बाट निर्वाचित भएका छन्।











