चितवन । निर्वाचन आयोगले दोलखाको विभिन्न १० मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन गराउने भएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा ती केन्द्रमा स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा मतदान भएको नदेखिएकाले आयोगले मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको हो ।
दोलखाको वैतेश्वर गाउँपालिका–२ जनज्योती मावि पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, सोहि गाउँपालिकाको वडा नं ३ कालिढुंगा मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, सोहि गाउँपालिकाको वडा नं ६ वैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र तामाकोशी गाउँपालिका–६ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ गरी १० वटा मतदान केन्द्रमा मंसिर ४ गते भएको मतदान रद्ध गरिएको छ ।
उक्त मतदान केन्द्रहरु अनधिकृत रुपमा कब्जा भई निर्वाचनको निश्पक्षता र स्वतन्त्रतामा असर पुगेको आयोगले ठहर गरेको छ ।











