चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ८४ हजार ६३ मतगणनामा रास्वपाले १० लाख ११ हजार ५५४ मत प्राप्त गरेको हो ।
जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ५५ हजार २८७ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३८ हजार २०६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १० लाख २७ हजार ६४९ मतसहित तेस्रो स्थानमा छ ।
पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ७७३, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ६ हजार ४२० र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ४० हजार ७०७ मत प्राप्त गरेको छ ।










