चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
बुधवार राति ९ः०५ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको बिआर ०६ पिएफ ०९२९ नम्बरको भारतीय नम्बर प्लेटको कारले सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००६ प ३९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ झुवानी बस्ने ३७ वर्षीय गंगाराम महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार चालक भारतको बिहार बस्ने वर्ष २० को निरज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











