चितवन । काठमाडौँ ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले फराकिलो मतान्तर बनाउँदै अगाडि बढिरहेका छन् ।
हालसम्म ३२ हजार ८० मत गणना भएको छ । जसमध्ये पौडेलले १० हजार ५७२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले भने ७ हजार २१९ मत ल्याएका छन् ।
पौडेलले पोखरेललाई लाई ३ हजार ३५३ मतले उछिनेका छन् । यस क्षेत्रमा ४५ हजार ९८७ मत खसेको थियो ।











