तनहुँ । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ मा पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले उनलाई पछि पारेका हुन् ।
९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।











