चितवन । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि ढकाल र एमालेका सुरेन्द्र पाण्डेबीच मतान्तर घटेको छ ।
अहिले राप्ती १३ मा मतगणना भइरहेको छ ।हालसम्म २२ हजार ४१८ मत गणना हुँदा घण्टीले ७ हजार ३८५ मत ल्याएको छ ।
त्यस्तै सूर्य चिन्हमा ६ हजार ८५१ मत छ भने रुखको मत ६ हजार १२३ रहेको छ । हलो चिन्हमा भने ५ सय ९० मत रहेको छ ।











