चितवन । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका छन् ।
इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मतका साथ अग्रता लिइरहेका छन् । लामिछानेले २ हजार ९७८ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका उमेश श्रेष्ठले ३ हजार २१६ मतले कृष्णभक्तलाई पछ्याइरहेका छन् ।
इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको भन्दै उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरे ।
‘इच्छाकामनाको सबै ठाउँमा पुग्न भ्याएको थिइन्, जति आएको छ, हामीले अपेक्षा गरेको भन्दा धेरै हो’, उनले भने ।











