चितवन । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन को मतगणना अहिले देशैभरि भइरहेको छ ।
मतगणनाको क्रममा विभिन्न सञ्चार माध्यममा विजयी घोषणा गरेको प्रति ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीको उम्मेदवार रहेकी तोसिमा कार्कीले आपत्ति जनाएकी छन् । मतदाताले दिएको मायाको कदर गर्दै संयमित भएर नतिजा पर्खन उनले आग्रह गरेकी छन् ।
हाल भइरहेको मतगणनामा उनी सबैभन्दा अग्र स्थानमा छन् । बिहान ११ बजेर ४० मिनेट जाँदासम्म तोषिमाले ६ हजार दुई सय उनन्सत्तरी मत ल्याएकी छन् भने उनलाई पछ्याउँदै एमालेका अमृत खड्काले चार हजार सात सय १० भोट ल्याएका छन् । गठबन्धनकी पम्फा भुषालको मत दुई हजार छ सय चौरानब्बे रहेको छ ।
तोषिमाका अनुसार ६१ हजार भन्दा बढी मत खसेको उक्त क्षेत्रमा हालसम्म १५ हजार पाँच सय मतगणना भएको छ । मतगणनाको आधिकारिक जानकारी आफ्नै फेसबुक पेजबाट दिइरहेको उनको भनाई छ ।











