चितवन । काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि भएको निर्वाचनमा गगनकुमार थापा विजयी भएका छन् । नेपाली कांग्रेसका महामन्त्री थापाले २१ हजार ३०२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै उनले ह्याट्रिक जित निकालेका हुन् । यससँगै थापा लगातार ३ पटक संसद बनेका छन् ।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्।
यसअघि २०७४ मा पनि थापा र भट्टराईबीच प्रतिष्पर्धा हुँदा थापाले जितेका थिए । त्यस्तै २०७० मा भने थापाले एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।











