काठमाडौं। भारी वर्षाका कारण भरतपुर विमानस्थल लगायतका आन्तरिक उडान र अवतरण प्रभावित भएको छ।
भिडिजबिलिटी कम हुँदा अधिकांश विमानको उडान तालिका प्रभावित भएको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ।
भरतपुर, सुर्खेत, पोखरा, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन्।
धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने उडान अवतरण सामान्य छ । अन्तर्राष्ट्रिय उडान अवतरण भने सामान्य रुपमा भइरहेको छ । आज वर्षाकै कारण कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।











