चितवन । चितवनको खैरहनी नगरपालिकामा बलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
आज साँझ साढे ७ बजेको समयमा खैरहनी नगरपालिका–१ बहेराचोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्र२–०३–००१ च ५९५९ नम्बरको आईचर बलेरो गाडीले रौतहट कटहरिया नगरपालिका–१ बस्ने वर्ष ७० को लोचन यादवलाई ठक्कर दिएको हो ।
बलेरोको ठक्करबाट घाइते भएका यादवको भरतपुर अस्पतालमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
ठक्कर दिने बलेरो र बलेरो चालक पर्सा गढिमाई नगरपालिका–३ बस्ने वर्ष २६ को प्रदिप पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











