चितवन । आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा दिउँसो ३ ३० सम्म देशभरका १५ वटा मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।
निर्वाचन आयोग नेपालको जानकारी अनुसार रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयास भइरहेको छ ।
आयोगले फेसबुक पेजमा पोष्ट गर्दे देशभरका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिएको छ ।











