चितवन । चितवन कारागारका ९९ जना कैदीबन्दीले मतदान गरेका छन् । उनीहरुले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन् । कैदीबन्दीलाई मतदान गर्नका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो ।
कारागारमा रहेका १०१ जना कैदीबन्दीको मतदाता नामावलीमा नाम थियो । दुई जना कैदी केहिदिन अघि नै कारागारबाट छुटेकाले ९९ जनाले मतदान गरेको कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।











