डडेलधुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गरेका छन् ।
देउवाले आफूले पढेको विद्यालय असिग्राम मावि रुवाखोलामा मतदान गरेका छन् ।
आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’
उनले गन्यापधुरा गाउँपालिका, डडेल्धुरामा मतदान गरेका हुन् । देउवा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।











