चितवन । भ्रमपूर्ण र मिथ्था सूचनामा विश्वास नगर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आग्रह गरेका छन् ।
प्रतिष्ठित सञ्चारमाध्यमको दुरुपयोग गरि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच फाटो ल्याउने खालका मिथ्था सूचना सम्प्रेषण गरिएको प्रति ध्यानाकर्षण भएको भन्दै दुवै पार्टीले संयुक्त वक्तव्य जारी गरेका छन् ।
भ्रमपूर्ण, निराधार, भ्रमपूर्ण निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध भएको भन्दै दुवै पार्टी लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध रहेकोले गठबन्धनमा कोही कसैका प्रति घात हुने कल्पना समेत नगर्ने संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेकपा (माओवादी केन्द्र)का मुख्य सचिव श्रीराम ढकाल र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्न भ्रमपूर्ण षड्यन्त्र रचिएको संयुक्त वक्तव्यमा उल्लेख गरेका छन्।
‘यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो । यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गर्दछौं” वक्तव्यमा उल्लेख छ।











