काठमाडौं । भोली हुने प्रतिनिधि तथा प्रदेशसभा सांसदको चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन नागरिकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।
उनले एक सन्देश जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।
‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमश जनउत्तरदायी हुँदै जान्छन्’ उनले भनेकी छन्, ‘यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ ।’











