काठमाडौं। मंसिर ४ गते (भोलि) आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको
निर्वाचन आयोगले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्।
उनले भने, ‘निर्वाचन सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा गरिन्छ, सुरक्षाकर्मीबाट सूक्ष्म निगरानी हुनेछ यातायातको सहज सञ्चालनका लागि सिडिओलाइ आवश्यक निर्देशन, निष्पक्ष निर्वाचनका लागि मतदान अधिकृतलाइ डर देखाउने, मतदातालाई जान नदिने, मतपेटिका लुट्ने, पटकपटक मतदान गर्न खोज्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका छौँ, मतदाताहरूले निर्धक्क भएर मतदान गर्नुहोला।
भोलि आइतबार बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान कार्यक्रम चल्ने आयोगले जनाएको छ।











