काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी यथावत रहने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि ललितपुर–३ बाट उनले उम्मेदवारी दिएकी छिन् ।
तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।











