भरतपुर । नेकपा माओवादी अध्यक्ष एवम् गोरखा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्प कमल दाहाल (प्रचण्ड)ले चितवनको विकासप्रति सधैँ चासो रहने बताएका छन् । भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै उनले गोरखाबाट चुनाव लड्ने भएपनि चितवनको विकासमा पछि नहट्ने बताएका हुन् ।
विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको उनले बताए । चितवन ३ मा आफ्नो उत्तराधिकारीको रुपमा उभिएका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा भोजराज अधिकारीलाई भारी मतले विजय गराउन समेत उनले आग्रह गरेका छन् ।
अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिको लागि संकल्प गरेको उनको भनाई छ । कसैको डर धम्कीमा नलागी गठबन्धनलाई विजय गराउन उनले अनुरोध गरेका छन् । ५ वर्षको कार्यकालमा धेरै काम भएको उनको भनाई थियो ।











