बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ मा एउटा पाटे बाघ मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार गणेशशिव सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।
मृतावस्थामा फेला परेको उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ ।
बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न भने बाँकी नै छ ।रासस











