भरतपुर । प्रधानमन्त्री एवंम् कांग्रेस सभापति सेरबहादुर दउवाले चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फुकुवा गर्ने बताएका छन् ।
भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै उनले देउवाले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताएको भोलिपल्टै कोइरालाको कारबाही फुकुवा हुने प्रतिबद्धता जाहेर गरेका छन् । कोइराला कारबाहीमा परेको थाहा नपाएको उनको दावी छ ।
उनले भने, ‘कारबाही भएको पनि १० वर्ष भैसकेको रहेछ । मलाइ त थाहा पनि थिएन । चुनाव जिताएको भोलि पल्तै कारबाही फुकुवा हुन्छ ।’
जिल्ला कांग्रेसको पूर्व सभापति समेत रहेका कोइरालाले २०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ ।











