भरतपुर । चितवन २ का गठबन्धनका साझा उमेदवार उमेश श्रेष्ठले चितवनमा उद्योग खोलेर रोजगारीको सिर्जना गर्न सक्ने बताएका छन् ।
भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दे उनले चितवनमा विकासका धेरै सम्भावना रहेकोले रोजगारीको सिर्जना गर्न सजिलो हुने बताएका छन् ।
स्थायी सरकारको लागि गठबन्धन आवश्यक रहेको श्रेष्ठको भनाई थियो । ‘समृद्धिको लागि अब हामिले गठबन्धनलाई जनताले अत्याधिक मतले जिताउनुपर्छ,’ उनले भने ।











