चितवन । चितवन ३ मा गठबन्धनतर्फबाट उमेदवारी दिएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले नायक नभई सेवक भएर काम गर्ने बताएका छन् ।
भरतपुरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै उनले युवाहरुलाई राजनीतिमा ल्याएर विकास गर्ने कार्यको सुरुवात भएको बताए ।
गठबन्धनको सिपाहीका रुपमा पुराना आयोजनालाइ अगाडि बढाउने र नया योजना थप गर्ने उनको भनाई छ । ‘चिकित्साको गोरेटोबाट राजनितिको मार्गमा लागेको छु। राजनितिलाई विकात्सोन्मुख बनाउनुपर्छ भनेर यहाँ लागेको छु ।’
भरतपुरलाई व्यवहारीक रुपमा मेडिकल सिटि बनाउने, जनतासंग अस्पताल अभियान सन्चालन गर्ने, स्थानीय पाठ्यक्रममा आधारित शिक्षाको व्यवस्था गर्ने प्रमुख योजना रहेको उनले स्पष्ट पारेका छन्। जनताको घरमा जाने ५ वर्षे कार्यतालिका बनाउने उनले बताएका छन् । ।











