चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा २ का प्रतिनिधि सभा उम्मेदवार पुष्प कमल दाहाल (प्रचण्ड) ले चुनाव जित्न आफू यताउता नगरेको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको उत्तराद्धमा भएको चुनावी सभालाई सम्बोधन गर्दे प्रचण्डले झुटो कुराको भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘चितवनमा गएँ, चितवनमा विकास के भएको छ भन्ने कुरा तपाईले देख्नु भएकै छ, किनकी चितवन गएर नघुमेको तपाईहरु मध्य कोहीपनि हुनुहुन्न,’ उनले भने ।
नेपालको ऐतिहासिक जिल्ला गोरखामा आफ्नो जवानी बिताउनुको साथै पञ्चायती विरोधी आन्दोलनमा यही बसेर काम गरेको गोरखा फर्केको बताएका छन् । पार्टीले सिफारिस गरेर मात्र नभएर गठबन्धनले गोरखाको विकास गर्न जानुस् भन्ने सल्लाह पश्चात आफू गोरखाबाट चुनाव लड्न आएको प्रचण्डले बताए ।
राजनीतिक परिवर्तन दिगो बनाउनको लागि आर्थिक समृद्धि अनिवार्य रहेको उनको भनाई छ । विकास निर्माण र सुशासन अनिवार्य रहेको उनले बताए ।











