चितवन । चितवनको भरतपुरमा भोली (शनिवार) लोकतान्त्रिक वाम गठबन्धनको चुनावी आमसभा हुने भएको छ । उक्त गठबन्धनको आमसभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।
चितवन कांग्रेसका अनुसार आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिती रहनेछ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि आमसभालाई सम्बोधन गर्न चितवन आउने भएका छन्। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने बताइएको छ ।











