भरतपुर । भरतपुर महानगरपालिका–१८ चनौलीमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।
बुधबार बिहान करिब ८ बजेको समयमा आफ्नै घरभित्र एक्कासी चट्याङ लाग्दा २८ वर्षिय सविता बि.क घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार घाइते बि.कको बायाँ हात झम झमाउने र बान्ता भएपछि उपचारको लागि बिहान साढे ११ बजेको समयमा उपचारको लागि भरतपुुर नयाँ मेडिकलमा ल्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको छ ।











