भरतपुर । भरतपुर–७ गौतमचोकस्थित चितवन फुटसल एन्ड स्पोर्ट्स जोन भित्रको कोठामा एक जना युवक मृत फेला परेका छन् । माडी नगरपालिका–६ बस्ने २३ वर्षिय अखिल सापकोटा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मंगलबार राती १० बजे साथीहरुले उनलाई मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का गर्ने लगायतको काम गरिरहेको छ ।मृतकको मुखबाट रगत आएको देखीएको छ ।











