चितवन । भेटेरिनरीयनको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
५७औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी रजिष्ट्रार डा शारदा थपलिया, नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा सुबीर सिंह, पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील केसी, नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका उपाध्यक्ष डा रेवन्त कुमार भट्टराई, सचिव डा विष्णुहरी शर्मा, कार्यकारी अधिकृत शिवप्रसाद बराल लगायतको सहभागीता थियो ।











