काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले छोरीलाई जन्म दिएका छन् ।
इन्टाग्राममा पोष्ट गर्दे आफू आमाबुवा बनेको आलियाले जानकारी दिएकी छन् । ‘ह्वाट अ म्याजिकल गर्ल सि इज’, उनी भन्छिन् । प्यारी छोरीको आमाबुवा हुँदा साह्रै खुसी भएको आलियाले बताएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहानै आलिया अस्पताल भर्ना भएकी थिइन् ।
भारतको एचएन रिलायन्स फाउन्डेसनअस्पतालमा आलियाले छोरीलाई जन्म दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
पाँच वर्षको रिलेसनसिपपछि गत वैशाखमा विवाह गरेका उनीहरुलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको छ ।











