चितवन । प्रतिनिधिसभा सदस्य पदका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार उमेश श्रेष्ठले कालिका नगरपालिकामा हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारी बृद्धि गर्ने आफ्नो योजना रहेको बताएका छन् । ‘यो क्षेत्रलाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन तथा रोजगारीमा बृद्धि गर्नेछु ।’ श्रेष्ठले भने ।
आइतबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीका क्रममा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्दै पर्यटन प्रवद्र्धन गरी आयआर्जन समेत गर्न सकिने उनले बताए । यसका लागि यहांँको सडकको पूर्वाधारको खांँचो हुने उनको भनाई थियो । उनले आफूलाई मतदाताले विश्वास गरी निर्वाचन जिताउन आग्रह गरे ।
यसैबीच, नेपाल सरकारका राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले आइतबार नै भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गरेका छन् ।











