आज २०७९ साल कार्तिक २० गते आइतवार, कात्तिक शुक्ल त्रयोदशी । तदनुसार सन् २०२२ नोभेम्बर ६ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आस्था पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । विद्या र बुद्धिको विकास हुनेछ । पुँजी बजारको क्षेत्रबाट सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै समाचारले शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।









