चितवन । नारायणगढको चमेली बिगबजारमा “तेस्रो चितवन जुत्ता चप्पल महामेला २०८१” शुरु भएको छ ।
बिगबजार नेपाली जुत्ता घरको आयोजनामा नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी “तेस्रो चितवन जुत्ता चप्पल महामेला २०८१” शुरु भएको हो । उक्त मेला यहि बैशाख ३० गतेसम्म सन्चालन हुने छ ।
महामेलाको आज बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव पोख्रेलले उद्धाटन गरेका हुन् । उद्धाटन गर्दै पोख्रेलले स्वदेशमा उत्पादित नेपाली जुत्ता चप्पललाई सबैले प्रयोग गरी आत्मनिर्भर हुनुपर्ने बताए ।
अझै पनि जुत्ताचप्पलमा अर्बैं रकम बाहिरिरहेको अवस्थामा स्वदेशमै उत्पादित नेपाली जुत्ता चप्पलको प्रयोग गर्न सकेमा नेपालको अर्थतन्त्र सुधारमा थप सहयोग पुग्ने बताए ।
जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चापदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्वेदशमै भएका कच्चापदार्थ प्रयोग गर्न सकेमा आर्थिक संगै रोजगारीको बलियो माध्यम बन्न सक्ने उनको भनाई थियो । त्यसका लागी सहयोग र समन्व्यको आवश्यक परेमा आफुहरु तयार र प्रतिबद्द समेत रहेको उनले बताए ।
त्यस्तै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल प्रयोग गर्नुपर्छ भन्ने उद्धेश्यले आयोजना भएको मेलाको सफलताको शुभकामना दिँदै स्वेदशी उत्पादनले विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गर्नुपर्ने बताए ।
साथै उनले भरतपुर महानगरपालिकामा भएको उक्त मेलाले भरतपुर भ्रमण बर्ष २०२४ लाई पनि थप सहयोग पुग्ने बताए । मेलामामा ७ वटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ।
मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढिको जुत्ता किन्दा उपहार स्वरुप चप्पल सित्तैमा दिइने अफर राखिएको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका पुर्व अध्यक्ष एवं बि एफ डियर हिल सु का अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ यो महा मेलाको आयोजना गरिएको उनको भनाई थियो ।
बिगबजार नेपाली जुत्ताघरले सुरुवातदेखी नै सुपथ मुल्यमा गुणस्तरिय जुत्ता चप्पल बिक्री गरिराखेको नै थियो तर पनि महामेलामा परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट सुपथ मुल्यमा जुत्ताचप्पल खरिद गरुन् भनेर हामीले बिशेष छुट राखेका हौं’, उनले भने । चितवनमा भएका बिगतका मेलाहरुमा ग्राहकको राम्रो आकर्षण भएको कारण र सबैलाई नेपाली जुत्ता चप्पलको प्रयोग गर्नु पर्छ भने पनि ग्राहकहरु खोज्न कहाँ जानेभन्ने अवस्था नहोस् भनेर बिगबजारको एउटै छानामुनी सो अभियान आयोजना गरिएको उनले बताए ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ मेला आयोजना गरिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए । उनले स्वदेशी उत्पादित सामानलाई बजारिकरण गर्न सकेमा नेपाली अर्थतन्त्र र स्थानीय पुँजी प्रवर्द्धन गर्न सकिने बताए ।
महामेलामा ग्राहकहरुले बिगबजारको २१ वटा सटरमा एउटै छानामुनी नेपालमा सर्वाधिक रुचाइएका जुत्ता चप्पल फस्ट वाक शु, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रान शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्रान्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु पाउन सक्ने छन् ।












