का्ठमाडौं, वैशाख ७-
एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी आज दिउँसो पौने १२ बजे आमनेसामने हुन लागेका हुन्।
महिला, पुरुष र उमेर समुहका प्रतियोगितामा सँधै एक अर्काको तगारो बन्दै आएका छन्। नेपाल र युएईबीचको खेल सँधै रोचक मात्र हुँदैन प्रतिस्पर्धात्मक हुने गर्छ। समान स्तरका यी दुई टोली जति एक(अर्काका लागि परिचित छन्।
यस पटक फेरी एसिया कप छनोटको महत्वपूर्ण खेलमा यी दुई आमनेसामने हुनेछन्। यो प्रतियोगिताको विजेता फाइनलमा प्रवेश गर्ने भएकोले यो खेल जित्नु दुवैका लागि महत्वपूर्ण हुनेछ।
प्रिमियर कप अन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो। नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान बनाउँदा यो समूहबाट हङकङ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।











