काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ।
यो खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे बजेदेखि शुरु हुने छ। पीएनजीले टस जितेर बलिङ रोजेको छ ।
नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन्। जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ।
यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए। त्यसैगरी आजै हङकङ र पीएनजीबीच हुदै छ। यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ।
नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ। फाइनल खेल भोलि हुनेछ। फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।












