काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन ।
उनले कान्तिपुरले लेखेका समाचारमा आएका कुनै सहकारीको संचालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता केही पनि नभएको बताएका छन्।
‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। मुद्दा दर्तापछि लामिछानेले सामाजिक संजालमा लेखेका छन्‚ ‘सहकारी पीडितहरुको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’
उनले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको उल्लेख गरेका छन्।












