पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो ।
बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ९ बजेतिर ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमलालगायतका सामान व्यापार गर्ने इसरावती घाइते भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका तनहुँ म्याग्दे– ८ का रामजी गन्धर्व र पर्साकी चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।










