चितवन । चितवन प्रहरीले आज भाइटिकाको दिन दुई छुट्टा–छुट्टै स्थानबाट दुई लाख रुपैयाँ भन्दा बढी नगदसहित ४३ जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले आज बिहान १२ः२० बजे भरतपुर महानगरपालिका–१४ पुलचोकबाट २६ जना र बिहान २ः३० बजे भरतपुर–१७ लंगटाबाट १७ जनालाई पक्राउ गरेको हो ।
भरतपुर–१४ स्थित बुद्धी बहादुर सुनारको घरमा कौडा खेल्नेको साथबाट एक लाख ५८ हजार ४१२ रुपैयाँ नगद, १६ थान कौडा र तीन बुक तास बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, भरतपुर–१७ लंगटास्थित एउटा कुखुराको खाली खोरमा कौडा खेल्नेहरुको साथबाट नगद ७२ हजार ३० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।











