काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा १५७ जनाको मृत्यु भएको र ३७५ जना घाइते भएको उल्लेख छ ।
जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
घाइतेहरुको स्थानीय र जिल्ला अस्पतालमा उपचार भइरहेको र गम्भिर प्रकृतिका घाइतेको काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
साथै भूकम्प पीडितलाई प्रदान गरिने सहायताहरु सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत एकद्धार प्रणालीबाट वितरण गर्न मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइले आग्रह गरेका छन् ।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।












