चितवन । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले चितवनको भरतपुर–१० स्थित रिजालचोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
ओजोन मोटर्स कम्पनीले सुरू गरेको शोरूममा सिट्रोन इसिथ्री र सिट्रोन सिथ्री मोडलका गाडी बिक्रीका लागि राखिएको छ । ओजोन मोटर्सका प्रबन्ध निर्देशक अन्जान शाक्यका अनुसार विद्युतीय र पेट्रोलका दुवै गाडी शोरूममा रहेका छन् ।
शोरूमको शुक्रबार भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठ, उवासंघका पूर्वअध्यक्ष राजन गौतमलगायतको समूहले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
सिट्रोन इसिथ्रीमा २९.२ केडब्ल्युएच ब्याट्री छ । जसले ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कका साथ प्रभावशाली प्रदर्शन गर्ने कम्पनीले जनाएको छ । यसको अद्वितीय विद्युतीय पावर ट्रेनले सरल एक्सिलरेसन र रमाइलो ड्राइभिङको अविस्मरणीय अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रूपैयाँ रहेको छ । सिट्रोनको निर्धारित मूल्य भारतमा बनेको सबैभन्दा कम मूल्यको इभी बनेको छ ।
यस सिट्रोन इभीको ब्याट्रीको आयु डिसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ ।
त्यसैगरी, यसमा दिइएको विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ । उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आइस (इन्टरनल कम्बस्चन इन्जिन) मोडल पनि उपलब्ध गराएको छ ।
फिल विथ भाइब प्याकेजसहित ३६ लाख ४९ हजारमा पाइने यी गाडीहरुमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ । सांग्रिला मोटर्सले दसैँ र तिहारको अवसरमा प्रमोसनल स्किम पनि ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक छूट, निःशुल्क सडक कर र एक वर्षभरिका लागि निःशुल्क व्यापक बिमालगायतका फाइदा लिन सक्नेछन् ।











