चितवन । नेकपा एमाले बागमती प्रदेशको उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा निर्वाचित भएका छन् । उनले उपाध्यक्षका अर्का उम्मेदवार नुवाकोटका नारायणप्रसाद खतिवडालाई पराजित गरेका हुन् ।
एमाले बागमती प्रदेश कमिटीमा चितवनबाट दावा दोर्जे लामासहित १६ जना निर्वाचित भएका छन् । अन्य १५ जना भने प्रदेश कमिटीको सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
एमाले बागमतीको १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।
चितवनबाट निर्विरोध निर्वाचित हुनेहरुमा हरिप्रसाद पौडेल, जगन्नाथ आचार्य, लक्ष्मीकुमारी कोइराला, तेजेन्द्रबहादुर खड्का, लक्ष्मीकान्त चालिसे, सुनिता अधिकारी, अन्जनकुमार तिमल्सिना, कृष्णप्रसाद भुर्तेल, सरस्वती विष्ट, विद्या शर्मा आचार्य, विमला दुवाडी, शुसिला थपलिया पौडेल, दिवस पाण्डे, निशा अधिकारी, श्यामलाल विश्वकर्मा रहेका छन् ।











