काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।
ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।
उपाध्यक्ष पदमा चितवनका दावा दोर्जे लामा विजयी भएका छन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।











